Logo

अर्थनीति

सार्क क्षेत्रका व्यवसायीबीच सहकार्य आवश्यक


gdpnepal
   २६ मंसिर २०८०, मंगलबार


काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का राजनीतिक गतिविधि केही वर्षदेखि स्थगित भए पनि आर्थिक क्षेत्रमा सहकार्य जारी राख्न यस क्षेत्रका व्यवसायीहरु सहमत भएका छन् ।

सार्क उद्योग वाणिज्य संघको ८२ औं कार्यकारिणी समिति बैठकमा यस क्षेत्रका व्यवसायीहरुले राजनीतिक मनमुटावलाई थाँती राख्दै आर्थिक तथा व्यावसायिक क्षेत्रमा भने सहकार्य थप प्रगाढ बनाउनुपर्ने धारणा राखेका छन् ।

काठमाडौंमा भेला भएका सार्क उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री एनपी साउद तथा सार्क महासचिव गुलाम सरबरसँग भेट गरेको थियो ।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले दक्षिण एसियामा रहेको युवा जनशक्ति संसारका कुनै क्षेत्रमा नरहेको उल्लेख गर्दै यसको उपयोगितामा सम्मेलनका सहभागीले जोड दिएको बताए ।

ढकालका अनुसार सार्क मुलुकभित्रको क्षेत्रीय व्याापार सात प्रतिशतसम्म पुग्न नसकेको अवस्थामा जलविद्युत, कृषि तथा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गरेर यसलाई बढाउन सकिनेमा सबै प्रतिनिधि सहमत भएका थिए ।

प्रधानमन्त्री दाहालले सार्कका गतिविधिमा सुस्तता आएको बेला सार्क उद्योग वाणिाज्य संघले यसको रिक्तता पूरा गर्ने प्रयास गरेको भन्दै व्यवसायीलाई धन्यवाद दिएका थिए ।

परराष्ट्रमन्त्री साउदले सार्क उद्योग वाणिज्य संघका गतिविधि अघि बढाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए भने सार्क महासचिव सरबरले आगामी वर्षमा सार्क डे चेम्बरसँगै मनाउने बताएका थिए ।
कार्यक्रममा बंगलादेश, पाकिस्तान, माल्दिभ्सलगायतका मुलुकबाट सार्क चेम्बरका पदाधिकारी तथा सदस्यहरु सहभागी भएका थिए भने अनलाइनबाट अन्य मुलुकका प्रतिनिधिले सहभागीता जनाएका थिए ।

प्रतिनिधिहरुलाई भक्तपुर उद्योग वाणिज्य संघले पनि स्वागत गरेको थियो ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह