Logo

बैंक / बिमा /शेयर

चार महिनामा वाणिज्य बैंकहरुले कमाए २० अर्ब ७३ करोड नाफा, कुनले कति ?


GDP नेपाल
   ३ पुस २०८०, मंगलबार


वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा २० अर्ब ७३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । बैंकले २ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, दोस्रोमा ग्लोबल आईएमई बैंकले १ अर्ब ९४ करोड नाफा आर्जन गरको छ । तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड, प्राइम बैंकले १ अर्ब ५३ करोड, सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख,

लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख, सिटिजन्स बैंकले ५८ करोड ६२ लाख, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख र नेपाल बैंकले ६६ करोड ८१ लाख खुद नाफा कमाएका छन् ।

त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकले ९८ करोड, कुमारी बैंकले ८८ करोड, सानिमा बैंकले ७७ करोड, माछापुच्छ्रे बैंकले ६७ करोड, एभरेष्ट बैंकले १ अर्ब ८ करोड, एनआइसी एशिया बैंकले १ अर्ब ३७ करोड र आरबिबि बैंकले १ अर्ब २० करोड नाफा गरेको छ।

यस अवधिमा कृषि विकास बैंक भने घाटामा रहेको छ। बैंकको खुद नोक्सानी २७ करोड ८८ करोड रहेको छ।

 

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह