चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते सभा बोलाएको हो ।
सभा चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोटमा दिउँसो १२:३० बजे सुरु हुनेछ । अघिल्लो वर्ष लाभांश वितरण नगरेको यस कम्पनीले यो वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया