Logo

कृषि / सहकारी

उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५, ७० रुपैयाँ अनुदान


GDP नेपाल
   ४ पुस २०८०, बुधबार


काठमाडौं । सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य ५ सय ६५ रुपैयाँ तोक्ने निणर्य गरेको हो ।

साथै उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

शर्माले भनिन्,‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य जुन छ,त्यसलाई उद्योगले रु ५ सय ६५ प्रतिक्विन्टल दिनुपर्ने निर्णय भयो । र, उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ ।’

प्रकाशित : ४ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह