Logo

घुमफिर

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा


GDP नेपाल
   २० चैत्र २०८०, मंगलबार


काठमाडौं । नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे ।

सोमबार साँझ काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु गरिएको हो । सामाजिक संजालको अधिक प्रयोग गरी नेपालको पर्यटनका सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको कार्यक्रमा जानकारी गराइयो ।

भिजिट नेपाल २०२० अभियानका संयोजक एवम व्यवसायी सुरज बैद्यले नेपाल देश सानो भएपनि विश्वका लागि उत्कृष्ट गन्तब्य भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्नुपर्ने बताए । नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसनले नेपालको आकर्षण र विविधतालाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न अमेरिका सँधै तयार रहेको जानकारी दिए ।

पर्यटन मन्त्रालयका सचिब डा.दिपक काफ्लेले सुरु भएको अभियानमा सरकारले आवश्यक सहयोग गर्दै विदेशी निकायसँगको सहकार्यमा नेपालको प्रवद्र्धन गर्न आतुर रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दिनी थापा साथै युएसएडकी प्रज्ञा अधिकारीले अभियानका बारेमा प्रष्ट पारे ।

घोषणा गरिएको अभियानमा काठमाडौं, पोखरा, बर्दिया र इलामका पर्यटकीय आकर्षणबारे सोसल मिडिया अभियन्ता, स्टेकहोल्डरमार्फत स्टोरीटेलिङ प्रस्तुत गर्दै विश्वलाई नेपालको समृद्ध सम्पदा र विविध संस्कृति देखाउने लक्ष्य लिइएको छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह