Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८९ करोडको कारोबार


GDP नेपाल
   १४ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढेर दुई हजार ११३.२७ विन्दुमा पुगेको छ ।

विकास बैंक २५, फाइनान्स २९, हाइड्रोपावर ६, अन्य १०, उत्पादन ५०, जीवन बीमा ४१, माइक्रोफाइनान्स १९ र व्यापार उपसमूह ६ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ८, निर्जीवन बीमा २४ र होटल तथा पर्यटन उपसमूह भने २६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषी कम्पनी र नेपाल वेयर हाउस कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३१७ कम्पनीको एक करोड ९३ लाख कित्ता सेयर ३ अर्ब ८९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह