Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार


GDP नेपाल
   २१ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९७ अंकले घटेर दुई हजार ०७९.०७ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक १२, अन्य ६, जीवन बीमा २०, निर्जीवन बीमा ७१, होटल तथा पर्यटन ४५, व्यापार १, हाइड्रोपावर ३, फाइनान्स ०.०६ र उत्पादन उपसमूह ६९ अंकले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स उपसमूह १०६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै एनआएबीएल स्टेबल फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बुद्धभूमी नेपाल हाइड्रोको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यस दिन ३१६ कम्पनीको ८८ लाख कित्ता सेयर ४ अर्बमा कारोबार भएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह