Logo

मुख्य समाचार

६ अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार


GDP नेपाल
   २२ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.२२ अंकले बढेर दुई हजार ०८५.३० विन्दुमा पुगेको छ ।

बैंकिङ १, विकास बैंक २३, फाइनान्स ६, होटल तथा पर्यटन ५, जीवन बीमा ४८, उत्पादन ५२, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा ५९ र व्यापार उपसमूह ९७ अंकले बढेको छ । त्यस्तै, आज हाइड्रोपावर १५ र अन्य उपसमूह ३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज बुद्धभूमी नेपाल हाइड्रोको सेयर साढे पाँच प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१५ कम्पनीको ८३ लाख कित्ता सेयर ४ अर्ब ८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह