Logo

मुख्य समाचार

सेयर बजारमा ४ अंकको गिरावट, ५ अर्ब १८ करोडको कारोबार


GDP नेपाल
   २७ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४.५९ अंकले घटेर दुई हजार ०७३.१९ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक २४, फाइनान्स १९, जीवन बीमा ६९, निर्जीवन बीमा ४८, माइक्रोफाइनान्स ५१ र व्यापार उपसमूह ४७ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन १५५, हाइड्रोपावर २४, अन्य ०.१४ र उत्पादन उपसमूह ३३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज इस्टर्न हाइड्रोपावर, शुभम पावर लिमिटेड, सिटि होटल र कुथाली बुकारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१३ कम्पनीको एक करोड ४ लाख कित्ता सेयर ५ अर्ब १८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह