Logo

मुख्य समाचार

सेयर बजारमा एकल अंकको वृद्धि, ५ अर्ब ४९ करोडको कारोबार


GDP नेपाल
   २८ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ८.९० अंकले बढेर दुई हजार ०८२.०९ विन्दुमा पुगेको छ ।

विकास बैंक १४, फाइनान्स २५, निर्जीवन बीमा १३४, माइक्रोफाइनान्स २८, हाइड्रोपावर ५० र उत्पादन उपसमूह ७ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ०.२५, होटल तथा पर्यटन ५१, जीवन बीमा २४, अन्य ०.५८ र व्यापार उपसमूह ६१ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कुथाली बुकारी स्मल हाइड्रोपावर र त्रिशुली जलविद्युत कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज जानकी फाइनान्स लिमिटेडको सेयर साढे ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१४ कम्पनीको एक करोड १६ लाख कित्ता सेयर ५ अर्ब ४९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह