Logo

मुख्य समाचार

९ अंकले घटेको सेयर बजारमा ६ अर्ब ४४ करोडको कारोबार


GDP नेपाल
   ३१ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ९.३२ अंकले घटेर दुई हजार ११२.२९ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, होटल तथा पर्यटन ८, हाइड्रोपावर १५, जीवन बीमा ५२, उत्पादन ६९, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ८८, अन्य १३ र व्यापार उपसमूह ३० अंकले घटेको छ । त्यस्तै, विकास बैंक ५३ र फाइनान्स उयसमूह ४५ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समृद्धि फाइनान्स कम्पनी, कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१३ कम्पनीको एक करोड ४२ लाख कित्ता सेयर ६ अर्ब ४४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह