Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार


GDP नेपाल
   ३ असार २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेर दुई हजार ०९५.२५ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ४९, फाइनान्स १७ , हाइड्रोपावर ६, जीवन बीमा ३७, उत्पादन ६२, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा ६२, अन्य १८ र व्यापार उपसमूह २ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूह २ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१७ कम्पनीको एक करोड ३२ लाख कित्ता सेयर ५ अर्ब ४७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह