Logo

मुख्य समाचार

सेयर बजारमा सामान्य अंकको वृद्धि, ३ अर्ब ४० करोडको कारोबार


GDP नेपाल
   ६ असार २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २.२७ अंकले बढेर दुई हजार ०७८.७६ विन्दुमा पुगेको छ ।

बैंकिङ १, फाइनान्स ५८, हाइड्रोपावर ८, माइक्रोफाइनान्स ६, निर्जीवन बीमा १८ र अन्य उपसमुह २ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ५, होटल तथा पर्यटन १९, जीवन बीमा १३, उत्पादन २८ र व्यापार उपसमूह ३८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कनकामना स्मार्ट लघुवित्तको सेयर ९.८८ प्रतिशतले घटेको छ ।

यस दिन ३०८ कम्पनीको ७२ लाख कित्ता सेयर ३ अर्ब ४० करोडमा कारोबार भएको छ ।

प्रकाशित : ६ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह