Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब ८७ करोडको कारोबार


GDP नेपाल
   ७ असार २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १०.४४ अंकले घटेर दुई हजार ०६८.३१ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ३४, होटल तथा पर्यटन ४९, हाइड्रोपावर १५, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ३३, अन्य ७, जीवन बीमा ८२, उत्पादन १० र व्यापार उपसमूह २० अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स उपसमूह भने ४२ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोपावरको सेयर झण्डै साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज कालीका लघुवित्त वित्तिय संस्थाको सेयर साढे ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यस दिन ३०६ कम्पनीको ८६ लाख कित्ता सेयर ३ अर्ब ८७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह