Logo

मुख्य समाचार

सेयर बजारमा ५.३७ अंकको गिरावट, ४ अर्ब ३७ करोडको कारोबार


GDP नेपाल
   १० असार २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५.३७ अंकले घटेर दुई हजार ०६२.९४ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ४, होटल तथा पर्यटन ५८, हाइड्रोपावर १, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा १३, जीवन बीमा ५४ र उत्पादन उपसमूह २९ अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स १२८, अन्य ३, र व्यापार उपसमूह १९ अंकले बढेको छ

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्तको सेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत् आयोजना र नेपाल फाइनान्स लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१७ कम्पनीको ९५ लाख कित्ता सेयर ४ अर्ब ३७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १० असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह