Logo

सेयर बजार

१५ अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४८ करोडको कारोबार


GDP नेपाल
   २१ असार २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १५.४६ अंकले बढेर दुई हजार ११९.६९ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक १४५, होटल तथा पर्यटन ९३, हाइड्रोपावर ५, जीवन बीमा १९७, निर्जीवन बीमा ६२, व्यापार २, अन्य १५, र माइक्रोफाइनान्स उपसमूह ९ अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स १५ र उत्पादन उपसमूह ९अंकले घटेको छ ।

आज अंखु खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज दोर्दी खोला जलविद्युतको सेयर ४.७५ प्रतिशतले घटेको छ ।

यस दिन ३१३ कम्पनीको दुई करोड २१ लाख कित्ता सेयर ६ अर्ब ४८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह