Logo

मुख्य समाचार

२१ अंकले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार


GDP नेपाल
   २४ असार २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २१.२७ अंकले बढेर दुई हजार १४०.९७ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, होटल तथा पर्यटन १६०, हाइड्रोपावर ०.३४, जीवन बीमा १५६, निर्जीवन बीमा १४१, अन्य ३६, उत्पादन ७५ र माइक्रोफाइनान्स उपसमूह ६६ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक १०, फाइनान्स ५३ र व्यापार उपसमूह ६९ अंकले घटेको छ ।

आज सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै ५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३२५ कम्पनीको एक करोड ४० लाख कित्ता सेयर ६ अर्बको कारोबार भएको छ ।

प्रकाशित : २४ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह