Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्ने तयारीमा एरो फर्मास्यूटिकल्स, बोलायो साधारण सभा


GDP नेपाल
   ३ पुस २०८१, बुधबार


काठमाडौं । एरो फर्मास्यूटिकल्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

यसका लागि कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा, गौशाला, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

प्रकाशित : ३ पुस २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह