Logo

मुख्य समाचार

११ अंकले घट्यो सेयर बजार, ८ अर्ब ३९ करोडको कारोबार


GDP नेपाल
   २७ माघ २०८१, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ११.४९ अंकले घटेर दुई हजार ६८८.३१ विन्दुमा पुगेको छ ।


बैंकिङ ४, विकास बैंक ७७, होटल तथा पर्यटन १६, जीवन बीमा १००, निर्जीवन बीमा ७५, अन्य २७ र हाइड्रोपावर उपसमूह १९ अंकले घटेको छ।
उत्पादन ११, ब्यापार ६०, माइक्रोफाइनान्स १३ र फाइनान्स उपसमूह २१ अंकले बढेको छ ।



आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर साढे ६ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज सेन्ट्रल फाइनान्स र गार्डीयन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको छ।



यस दिन ३०५ कम्पनीको एक करोड ५८ लाख कित्ता सेयर ८ अर्ब ३९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ माघ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह