Logo

मुख्य समाचार

सेयर बजारमा ६.५४ अंकको वृद्धि, ७ अर्ब २४ करोडको कारोबार


GDP नेपाल
   २९ माघ २०८१, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५४ अंकले बढेर दुई हजार ६८३.८६ विन्दुमा पुगेको छ ।



विकास बैंक १२३, हाइड्रोपावर ५९ र उत्पादन उपसमूह ०.९३ अंकले बढेको छ । त्यस्तै, बैंकिङ २, होटल तथा पर्यटन ३२, जीवन बीमा ११, निर्जीवन बीमा ५६, माइक्रोफाइनान्स २ फाइनान्स ८, अन्य ०.४० र ब्यापार उपसमूह ४५ अंकले घटेको छ ।


आज सिकलेस हाइड्रोपावर, भगवति हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डीयन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेपनि आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।


यस दिन २९९ कम्पनीको एक करोड ३९ लाख कित्ता सेयर ७ अर्ब २४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २९ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह