काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ७.२६ अंकले घटेर दुई हजार ६७८.४७ विन्दुमा पुगेको छ ।
बैंकिङ ३, विकास बैंक ५५, होटल तथा पर्यटन ३८, हाइड्रोपावर ३४, जीवन बीमा १९, उत्पादन ३३, निर्जीवन बीमा ११३, अन्य १ र ब्यापार उपसमूह ०.४२ अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स ५१ र माइक्रोफाइनान्स उपसमूह ९ अंकले बढेको छ ।
आज न्यादि हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि मातृभूमि लघुवित्त, कुमारी सबल योजना र गार्डीयन माइक्रोलाइफको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०२ कम्पनीको एक करोड ५८ लाख कित्ता सेयर ७ अर्ब ९२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया