काठमाडौं । बिहिबर सेयर बजार परिसूचक नेप्से ३.१४ अंकले बढेर दुई हजार ७४३.७४ विन्दुमा पुगेको छ ।
जीवन बीमा ३२५, निर्जीवन बीमा ८२, अन्य १२ र ब्यापार उपसमूह १६० अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ ७, विकास बैंक ३०, फाइनान्स ५, होटल तथा पर्यटन २१, हाइड्रोपावर २८, उत्पादन ५७ र माइक्रोफाइनान्स उपसमूह १६ अंकले घटेको छ ।
आज गार्डियन माइक्रोलाइफको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज बाराही हाइड्रोपावरको सेयर झण्डै साढे ८ प्रतिशतले घटेको छ ।
यस दिन ३०९ कम्पनीको एक करोड ५६ लाख कित्ता सेयर ८ अर्ब ६२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया