काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ११.६६ अंकले बढेर दुई हजार ७५५.४० विन्दुमा पुगेको छ ।
आज बैंकिङ ०.४९, जीवन बीमा ११८, उत्पादन १९४ निर्जीवन बीमा १७ र अन्य उपसमूह ८३ अंकले बढेको छ । त्यस्तै, विकास बैंक २७, फाइनान्स १३, होटल तथा पर्यटन ३४, हाइड्रोपावर २१, र माइक्रोफाइनान्स ३५ र व्यापार उपसमूह १ अंकले घटेको छ ।
आज गार्डियन माइक्रोलाइफको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज रिलायन्स फाइनान्सको सेयर ७.२४ प्रतिशतले घटेको छ ।
यस दिन ३२८ कम्पनीको दुई करोड १२ लाख कित्ता सेयर ११ अर्ब ५४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया