काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३.३५ अंकले बढेर दुई हजार ७५८.७५ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १, उत्पादन ६९, अन्य उपसमूह ५८ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ५, जीवन बीमा १२७, निर्जीवन बीमा ९६, फाइनान्स ३४, होटल तथा पर्यटन ५९, हाइड्रोपावर ५, र माइक्रोफाइनान्स ३३ र व्यापार उपसमूह ११ अंकले घटेको छ ।
आज गार्डियन माइक्रोलाइफको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३१० कम्पनीको दुई करोड ११ लाख कित्ता सेयर ११ अर्ब ८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया