काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ७.१३ अंकले बढेर दुई हजार ७६५.८८ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ०.३५, होटल तथा पर्यटन ३, जीवन बीमा १११, उत्पादन १३ र अन्य उपसमूह ६९ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ७, निर्जीवन बीमा ३६, फाइनान्स २०, हाइड्रोपावर ०.०६, माइक्रोफाइनान्स ८ र व्यापार उपसमूह १०९ अंकले घटेको छ ।
आज गार्डियन माइक्रोलाइफको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज विन नेपाल लघुवित्तको सेयर झण्ढै ९ प्रतिशतले घटेको छ ।
यस दिन ३१२ कम्पनीको एक करोड ७८ लाख कित्ता सेयर ९ अर्ब ९० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया