Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, १४ अर्ब २५ करोडको कारोबार


GDP नेपाल
   १८ फाल्गुन २०८१, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ७५.२४ अंकले बढेर दुई हजार ८९०.२८ विन्दुमा पुगेको छ ।




आज बैंकिङ ३६, विकास बैंक २२२, फाइनान्स ११९, होटल तथा पर्यटन २८१, हाइड्रोपावर ७५, जीवन बीमा ६०१,
उत्पादन ३५८, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा ४४२, अन्य ३७ र व्यापार उपसमूह ४५ अंकले बढेको छ ।





आज हिमालयन डीस्टीलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाईफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज समाज लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।



यस दिन ३०२ कम्पनीको दुई करोड ९१ लाख कित्ता सेयर १४ अर्ब २५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ फाल्गुन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह