Logo

मुख्य समाचार

नेप्सेको उकालो यात्रामा ब्रेक, परिसूचक १३.६२ अंकले घटे पनि कारोबार रकम भने बढ्यो


gdpnepal
   १९ फाल्गुन २०८१, सोमबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । लगातार नौ दिन बढेको परिसूचक १३.६२ अंकले घटेको छ तर कारोबार रकम भने बढेको हो ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १३.६२ अंक घटेर २८७६.६६ विन्दुमा झरेको छ। पछिल्ला ९ कारोबार दिनमा नेप्से परिसूचक २१२ अंक बढेको छ भने सोमबारको गिरावटलाई करेक्सन भनिएको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। सोमबार १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँबराबरको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन १४ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको थियो ।

सोमबार पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ २० पैसा बढेर प्रतिकित्ता १ हजार २५६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ३१८ रुपैयाँ ५० पैसा घटेर २ हजार ८६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको करिब साढे ३६ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

प्रकाशित : १९ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह