काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २५.१६ अंकले घटेर दुई हजार ८२१.१३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १४, विकास बैंक ७७ फाइनान्स ४४, होटल तथा पर्यटन ६४, हाइड्रोपावर १४, जीवन बीमा २१६, उत्पादन ७१, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा २०१ र अन्य उपसमूह १९ अंकले घटेको छ । त्यस्तै, आज व्यापार उपसमूह १८ अंकले बढेको छ ।
आज ग्रिन डेभलपमेन्टको सेयर ६.८ प्रतिशले घटेको छ । समग्रमा बजार घटे पनि आज समाज लघुवित्त, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०८ कम्पनीको दुई करोड ३३ लाख कित्ता सेयर १० अर्ब ९७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया