काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से २.७० अंकले घटेर दुई हजार ८१८.४३ विन्दुमा पुगेको छ ।
फाइनान्स ६, होटल तथा पर्यटन ३८, हाइड्रोपावर २, जीवन बीमा ११५, निर्जीवन बीमा ६, अन्य १८ र व्यापार उपसमूह १० अंकले घटेको छ । त्यस्तै, आज बैंकिङ ०.४३, विकास बैंक १०८, उत्पादन १८ र माइक्रोफाइनान्स उपसमूह २ अंकले बढेको छ ।
आज १० प्रतिशत नबिल डीबेन्चर २०८२ को सेयर सबैभन्दा धेरै १० प्रतिशले घटेको छ । समग्रमा बजार घटे पनि आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१० कम्पनीको एक करोड ९० लाख कित्ता सेयर १० अर्ब १० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया