काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले घटेर दुई हजार ७५१.४२ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १९, होटल तथा पर्यटन ६७, हाइड्रोपावर ४३, जीवन बीमा ५८, निर्जीवन बीमा ८८, उत्पादन ८७, माइक्रोफाइनान्स ३२ र व्यापार उपसमूह ७० अंकले घटेको छ । त्यस्तै, आज अन्य उपसमूहको सेयर भने २ अंकले बढेको छ ।
आज उपकार लघुवित्तको सेयर झण्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज नेष्डो समृद्धि लघुवित्तको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन ३११ कम्पनीको एक करोड ५० लाख कित्ता सेयर ८ अर्ब ३७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया