काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३२.२१ अंकले घटेर दुई हजार ७१९.२० विन्दुमा पुगेको छ ।
बैंकिङ ९, फाइनान्स ४२, होटल तथा पर्यटन ७५, हाइड्रोपावर ५५, जीवन बीमा १८२, निर्जीवन बीमा १२७, उत्पादन १८६, माइक्रोफाइनान्स ४५, व्यापार ७४ र अन्य उपसमूहको ४१ अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक भने १११ अंकले बढेको छ ।
आज नेष्डो समृद्धि लघुवित्तको सेयर झण्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज महालक्ष्मी विकास बैंकको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन ३०३ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ८ अर्ब ३९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया