Logo

मुख्य समाचार

सेयर बजारमा १७ अंकको वृद्धि, ८ अर्ब २३ करोडको कारोबार


GDP नेपाल
   २८ फाल्गुन २०८१, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.२८ अंकले बढेर दुई हजार ७३६.४८ विन्दुमा पुगेको छ ।




बैंकिङ ७, फाइनान्स ०.५५, होटल तथा पर्यटन ४२, हाइड्रोपावर ३१, जीवन बीमा ८९, निर्जीवन बीमा ५१, उत्पादन १३, व्यापार ८ र अन्य उपसमूहको ३७ अंकले बढेको छ ।
त्यस्तै, आज विकास बैंक १९ र माइक्रोफाइनान्स उपसमूह १४ अंकले घटेको छ ।



आज पिपुल्स हाइड्रोको सेयर सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।



यस दिन ३२३ कम्पनीको दुई करोड २९ लाख कित्ता सेयर ८ अर्ब २३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह