Logo

बैंक / बिमा /शेयर

शिखर इन्स्योरेन्सको भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक


GDP नेपाल
   २ चैत्र २०८१, आइतबार


काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक गरेको छ ।

कम्पनीले यस नयाँ भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह-अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको भूमिका उजागर गरेको छ। जब जीवनले लडाउँछ, तब मिलेर उठ्नुपर्छ र उठ्नका लागि साथ दिनेहरूको महत्व यस कथाले देखाएको छ ।

फिल्म एक परिवारको कथा हो, जुन कान्छो छोराको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ उनसे आफ्नो बाल्यकालका मीठा सम्झनाहरूलाई स्मरण गर्दै परिवारभित्रको प्रेम, एकता, सङ्घर्ष र पुनर्निर्माणको कथा सुनाउँछन् । कथा एक समृद्ध र प्रेमले भरिएको परिवारसँग सुरु हुन्छ, जसले जीवनका विभिन्न मोडहरू पार गर्दै सुखद क्षणहरू मनाउँछ, तर कहिलेकाहीँ अनपेक्षित कठिनाइहरू पनि भोग्छ । जब विपत्तिले सबै थोक परिवर्तन गरिदिन्छ तब उनीहरू फेरि उठ्न संघर्ष गर्छन्।

यस यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण सहयोग पुयाउने भूमिका निर्वाह गरिरहेको देखाइएको छ ।

यो कथा सन्तानका लागि आफ्नो खुसी त्याग्ने आमाहरू जीवनका हरेक चुनौती सँगसँगै दाजुभाइ तथा दिदीबहिनीहरू, दुई दशकदेखि शिखर इन्स्योरेन्स माथि विश्वास राख्ने ग्राहकहरू र आवश्यक पर्दा आपत विपतमा सहयोगी हात बन्ने हरेक शिखर इन्स्योरेन्सका कर्मचारीहरूलाई समर्पित गरिएको छ ।

आफ्नो खुसीलाई संग सुरक्षित गरी शिखर इन्स्योरेन्स सधैं तपाईंको साथमा छ भन्ने सन्देशको साथ फिल्म अन्त्य हुन्छ ।

प्रकाशित : २ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह