काठमाडौं । गभर्नर डा.विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा निवेदन दिएका हुन् ।
यसअघि उनीहरुले पौडेलको नियुक्ति रोक्न माग गर्दै रिट निवेदन दिएका थिए । तर, सर्वोच्च प्रशासनले उक्त मुद्दा दरपीठ गरेको थियो । दरपीठविरुद्धको निवेदन इजलासमा पुगे पनि जेठ ६ गते सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले दरपीठ आदेशलाई सदर गरेको थियो ।










प्रतिक्रिया