Logo

मुख्य समाचार

आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध छ: मन्त्री पाण्डे


GDP नेपाल
   १० जेष्ठ २०८२, शुक्रबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको उदघाटन समारोहमा उनले गौतम बुद्धको जन्म भएको ठाँउ लुम्बिनी संसारको पवित्र स्थान भएको भन्दै यसलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रुपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘नेपाल सुन्दरता र रहस्यले भरिपूर्ण देश हो । यो सँगै नेपाल बुद्धको जन्मस्थल पनि हो । बुद्धको शान्ति सन्देशहरुको सुरुवात पनि नेपालको लुम्बिनीबाट भएको हो । लुम्बिनी एउटा ठाँउ मात्र होइन शान्तिको अनुभव गर्ने उत्कृष्ट ठाँउ हो । गौतम बुद्धको जन्म भएको ठाँउ संसारको पवित्र स्थान हो । हामी लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रुपमा स्थापित गर्न प्रतिबद्ध छौ । मेडिटेशन सेन्टर, बढि आगन्तुक आउने सहर र लुम्बिनी, पोखरा र चितवनलाई जोड्ने योजनाहरु बन्दै छन् । बुद्धिष्ट पर्यटकलाई प्राथमिकतामा राखेका छौ ।’

यस्तै, उनले लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई बढि प्राथमिकता दिएको पनि बताए ।

बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको पनि उनको भनाई छ ।

मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्रामा रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरे ।

प्रकाशित : १० जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह