Logo

मुख्य समाचार

धरानका मेयरकै पथमा बालेन शाह: कार्यपालिका माग गर्ने वडाध्यक्षलाई स्पष्टीकरण !


gdpnepal
   १२ जेष्ठ २०८२, आइतबार


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बहुलठ्ठी निर्णय गर्न माहिर छन् । उनको कार्यशैली र व्यवहारले न विधि चिन्छ न व्यवहारिक निर्णय गर्छन् ।

आफ्नो निर्णयको बचाउमा उनी जस्तोसुकै तर्क गर्न पनि पछि पर्दैनन् । 

उपमेयरलाई छाडेर वडाध्यक्षलाई कार्यवाहक तोक्ने जस्ता मेयर साम्पाङका निर्णयलाई कसैले पनि गम्भीरतापूर्वक लिँदैनन् बरु हसीमजाकका रूपमा लिन्छन् ।

उनै बहुलट्टी मेयरको पदचाप पछ्याउँदैछन् काठमाडौंका बालेन्द्र शाह उर्फ बालेन।

मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले वडा नम्बर १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको छ । 

बालेन नजिक रहेका काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधिएलगत्तै मानन्धरलाई पनि सोधिएको छ । 

अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

मेयर बालेनले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन सकेका छैनन् । २०८१ चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरुले बालेनलाई ज्ञापनपत्र बुझाएका थिए ।  

मानन्धरलगायतका वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराउने क्रममा मुख्य भूमिका खेलेका थिए ।

वडाध्यक्षहरुले बालेनको एकल निर्णयले महानगर नचल्ने भन्दै विरोध गर्दै आएका छन् । 

यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

 

प्रकाशित : १२ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह