Logo

अर्थनीति

प्रादेशिक जीडीपीः बागमतीको २२ खर्ब नाघ्दा कर्णालीको साढे २ खर्बमात्र !


gdpnepal
   १३ जेष्ठ २०८२, सोमबार


काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिकीकरण गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.५२ प्रतिशत योगदान गरेको छ ।

दोस्रोमा रहेको कोशी प्रदेशले १५.९० प्रतिशत, तेस्रो लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत तथा चौथो स्थानमा मधेश प्रदेशले १३.१६ प्रतिशत योगदान गरेको छ ।

यस्तै, गण्डकी प्रदेशले ८.९८ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.०३ प्रतिशत र कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको छ ।

गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिमको योगदान सिमान्त रूपमा घटेको छ भने मधेश र बागमती प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ ।

रकमका आधारमा बागमतीको २२ खर्ब ३० अर्ब, कोशीको ९ खर्ब ७१ अर्ब, लुम्बिनीको ८ खर्ब ६९ अर्ब तथा मधेश प्रदेशको ८ खर्ब ४ अर्ब रहेको छ ।

यस्तै, गण्डकीको ५ खर्ब ४८ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ३० अर्ब र कर्णाली प्रदेशको २ खर्ब ५६ अर्ब रहेको छ ।

 

प्रकाशित : १३ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह