Logo

अर्थनीति

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनः बागमतीको २६०२ डलर, मधेशको ९३२ डलरमात्र !


gdpnepal
   १३ जेष्ठ २०८२, सोमबार


काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अन्तर्गत प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा बागमतीको सबैभन्दा बढी र मधेशको सबैभन्दक कम रहेको पाइएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहेको थियो ।

चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू. एस. डलरमा बागमती प्रदेशको २६०२ रहेको छ भने गण्डकी प्रदेशको १६१९ र कोशी प्रदेशको १४०१ डलर रहेको छ ।

यस्तै, लुम्बिनी प्रदेशको १२०१, सुदुरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भन्नेको प्रदेशका प्रत्येक बासिन्दाको भागमा पर्ने प्रदेशिक कुल गार्हस्थ्य उत्पादन हो ।

अर्थतन्त्रका सबै आवासीय एकाइहरुकाले मूल्य अभिबृद्धिमा उत्पादन गर जोडिने र उत्पादनमा दिइएको अनुबला घटाएर आउने मालसामान र सेवाहरुको वर्षको मध्य समयमा जनसंख्याले भाग गरी आउने सूचकलाई प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भनिन्छ ।

यो प्रदेशको समृद्धि नाप्ने सूचक हो । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनसंगै आर्थिक वृद्धिमा आधारित रहेर प्रदेशको समृद्धिको विश्लेषण गर्न सकिन्छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन प्रदेशका नागरिकको जीवनस्तर मापन गर्न समेत प्रयोग गरिन्छ ।

 

प्रकाशित : १३ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह