Logo

मुख्य समाचार

प्रचण्डलाई गृहमन्त्रीको प्रश्नः तपाइँले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा मैले तपाइँमाथि प्रश्न उठाएँ ?


gdpnepal
   १५ जेष्ठ २०८२, बुधबार


काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनमा उनले प्रचण्डप्रति संकेत गर्दै भने, “आफैँले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे ? मैले उठाएँ ? मैले संसद्मा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ ?”

उनले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठ्नु नै आपत्तिजनक भएको बताएका छन् ।

उनले चरित्रहत्या र बदनाम गर्ने काम भ्रत्र्सनायोग्य हुने र मन्त्रालयका तर्फबाट छानबिनमा पूर्ण सहयोग रहने बताए ।

 

प्रकाशित : १५ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह