Logo

मुख्य समाचार

कांग्रेस नेता अफ्ताब आलमले पाए सफाईः जन्मकैद गर्ने जिल्लाको आदेश उच्चद्वारा बदर


gdpnepal
   १५ जेष्ठ २०८२, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफूमाथि लागेको पाँचजनाको हत्या अभियोगबाट सफाई पाएका छन् ।

पहिलो संविधानसभाका बेला पाँचजना नागरिकलाई इटाभट्टामा हालेर निर्ममतापूर्वक हत्या गरेको आरोपमा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका आलमले सफाई पाएका हुन् ।

आलम ०७६ असोजमा पक्राउ परेका थिए । उनीमाथि २०६४ मा हत्या गरेको आरोप लागे पनि १२ वर्षपछि मात्र पक्राउ परेका थिए ।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।

अघिल्लो वैशाखमा रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

 

प्रकाशित : १५ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह