काठमाडौं । सरकारले साझा यातायातलाई थप एक सय बस उपलब्ध गराउने भएको छ ।
सरकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भइरहेको साझालाई यसअघि पनि सरकारले बस खरिदका लागि रकम उपलब्ध गराइरहेको थियो ।
सरकारी अनुदानमा सञ्चालन भैरहे पनि साझा यातायातको वित्तीय स्थिति भने सन्तोषजनक छैन ।
अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त सदनमा आगामी आवको बजेट पेश गर्दै यो जानकारी दिए ।










प्रतिक्रिया