Logo

अर्थनीति

बजेटको आकार १९ खर्ब ६४ अर्बः १३ खर्ब १५ अर्ब राजस्व लक्ष्य


gdpnepal
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । जसका लागि १३ खर्ब १५ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गरेको बजेटको आकार १९ खर्ब ६४ अर्ब छ भने यसमा चालू खर्च ११ खर्ब ८० अर्ब तथा पुँजीगत खर्च ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

खर्चको स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ तथा वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणबाट २ खर्ब ३३ एवं आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखिएको छ ।

 

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह