Logo

कर्पोरेट-बजार

होटल र रिसोर्टले पनि उद्योगसरह आयकर र विद्युत् महशुल छुट पाउने


gdpnepal
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । अब होटल र रिसोर्टले पनि उद्योगसरह आयकर र विद्युत् महशुल छुट पाउने भएका छन् ।

संघीय संसदको संयुक्त सदनमा बिहीबार बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो जानकारी दिएका हुन् ।

उनका अनुसार यो सुविधा सूचना प्रविधिमा आधारित उद्योगले पनि पाउनेछन् ।

“सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने व्यवस्था मिलाएको छु,” उनले भने ।

पर्यटनतर्फ हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने भएका छन् ।

साथै, सो भन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने उनले बताए ।

 

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह