Logo

कर्पोरेट-बजार

एचआईडीसीएल सीईओमा प्रजेशविक्रम थापा नियुक्तः ऊर्जासचिवले गराए शपथ


gdpnepal
   १७ जेष्ठ २०८२, शुक्रबार


काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा प्रजेशविक्रम थापा नियुक्त भएका छन् ।

चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) का प्रमुख कार्यकारी अधिकृत रहिसकेका थापालाई बिहीबार एचआईडीसीएल सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

ऊर्जा सचिव सुरेश आचार्यले थापालाई शपथ ग्रहण गराए । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का पनि उपस्थित थिए ।
सचिव आचार्य एचआईडीसीएल सञ्चालक समिति अध्यक्ष हुन् ।

एचआईडीसीएलका सीइओ अर्जुनकुमार गौतमको पदावधि सकिएपछि कम्पनीले गत चैत १५ गते एचआइडीसीएलले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरेको थियो ।

नेपालको जलविद्युत् क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभवी थापा मेकानिकल इन्जिनियर हुन् । उनले यसअघि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनीमा पनि काम गरेका थिए ।

सचिव आचार्य एचआईडीसीएल सञ्चालक समिति अध्यक्ष हुन् ।

 

प्रकाशित : १७ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह