Logo

मुख्य समाचार

सरकार एक्सनमा उत्रेपछि राजावादी लत्रिए; नारायणहिटीमा गर्ने भनिएको प्रदर्शन अब रत्नपार्कमा


gdpnepal
   १८ जेष्ठ २०८२, शनिबार


काठमाडौं । नारायणहिटी दरबार कब्जा गर्ने घोषणा गरेका राजावादीहरुले शनिबारको कार्यक्रम फिर्ता लिएका छन् ।

सरकारले नारायणहिटी आसपासमा आन्दोलन प्रतिबन्ध लगाएपछि राजावादीहरुले मुठभेड नगर्ने भन्दै पूर्वनिर्धारित कार्यक्रमको स्थान परिवर्तन गरेका हुन् ।

राप्रपासहितका आन्दोलनकारीले अब शनिबारको आन्दोलन रत्नपार्क, शान्तिबाटिका आसपास गर्नेछन् । जहाँ निषेधाज्ञा लागू गरिएको छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार सूचना जारी गर्दै  नारायणहिटी दरबार संग्रहालय आसपास क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । 

शनिबारबाट जेठ २४ गतेसम्मका लागि नारायणहिटी दरबार क्षेत्र– केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्मलाई निषेधित क्षेत्र तोकिएको हो ।

यस निषेधाज्ञाप्रति नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले विरोध जनाएको छ । 

शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलनका संयोजक सुवेदीले शान्तिपूर्ण जनआन्दोलन पूर्ण सफलताका साथ जारी रहेको जनाएका छन् । 

“जनताको निःस्वार्थ साथ, सहयोगले आन्दोलनमा उत्साह सञ्चार गरेको छ । जनताको समर्थनमा आन्दोलन उत्कर्षमा पुग्ने अवस्थाबाट अत्तालिएको सरकारले निषेधाज्ञा जारी गरेको छ,” विज्ञप्तिमा उल्लेख छ । 

निषेधाज्ञा आफैँमा जनआन्दोलन सफलताको दिशामा अघि बढिरहेको छ भन्ने सरकारको स्वीकारोक्ति भएको समितिको ठहर छ । 

उनले भनेका छन्, “नेपाली जनताको मानव अधिकार, संविधानप्रदत्त प्रजातान्त्रिक अधिकार पटक–पटक अवरोध गर्ने सरकारले निषेधाज्ञाको प्रपञ्च रच्नु कुनै आश्चर्य भएन ।” 

काठमाडौं उपत्यकावासीलगायत देशभरका जनतालाई आन्दोलनमा सहभागी हुन समितिले अनुरोध गरेको छ । 

 

प्रकाशित : १८ जेष्ठ २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह