Logo

मुख्य समाचार

राजावादीको उपत्यका बन्द फिर्ता 


gdpnepal
   २० जेष्ठ २०८२, सोमबार


काठमाडौं । राजावादीले उपत्यका बन्द फिर्ता लिएका छन् ।

संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए ।

‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । 

काठमाडौंमा भएको प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।

 

प्रकाशित : २० जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह