Logo

मुख्य समाचार

उर्जामन्त्री खड्काद्वारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण


GDP नेपाल
   २० जेष्ठ २०८२, सोमबार


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।

‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तेकिएकै समयमा सक्नेगरि लाग्नुस्,’ काम गर्ने स्पिड बढाउनुस्, ⁠कार्यप्रगतिको आधारमा बजेटको अभाब हुँदैन,’ मन्त्री खड्काले भने ।

उर्जामन्त्री खड्काले आयोजनाको ⁠१३.२ किलोमिटर सुरूङ निर्माण सकिएकोले अब हेडवक्सको काम तिव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए ।

उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिचाई हुने र ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकोले सबै मिलेर काम गर्नुपर्ने बताए ।

प्रकाशित : २० जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह