काठमाडौं । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको विद्युत् र सिँचाई सेवा सुधारका लागि उक्त ऋण सुविधा उपलब्ध गराएको हो । बैंकले जारी गरेको विज्ञप्ति अनुसार विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण उपलब्ध गराएको छ ।
नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा सञ्चालित यो परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने जनाइएको छ ।
त्यस्तै, बैंकले रानी जमरा कुलरिया सिँचाई आयोजनाको तेस्रो चरण ९फेज–३० का लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाबाट थप १७ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने र यसबाट करिब एक लाख ६० हजार मानिस लाभान्वित हुने बताइएको छ ।










प्रतिक्रिया