Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त


gdpnepal
   २३ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बिहीबारदेखि नै लागु हुने गरि ४ वर्षको लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरिएको हो । यसअघि उनी बैंकका कामु सीईओ थिए ।

२०७७ सालमा नबिल बैंक प्रवेश गरेका ज्ञवाली नायब महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका छन् ।

 

प्रकाशित : २३ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह