Logo

अर्थनीति

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, सुनिल पौडेलसहित १८ विरूद्ध भ्रष्टाचारको मुद्दा दायर


gdpnepal
   २६ जेष्ठ २०८२, आइतबार


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

उनीहरुमाथि नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप छ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो। त्यसमा अनुसन्धान गरी अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले ३३ करोड बिगो मागदाबी गरेको छ।

अख्तियारका अनुसार नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल समेतले नेपाल टेलिकमको विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरी परेको थियो ।

यसमा अनुसन्धान हुँदा २०६८ पुस ६ गते नेपाल दुरसञ्चार कम्पनी लिमिटेड र एसियाइन्फो लिंकेज टेक्नोलोजिज चाइनाबीच सम्झौता भएको थियो ।

कन्भर्जेन्ट रियल टाइम बिलिङ एन्ड कष्टुमर सपोर्ट विलिङ्ग प्रणालीको खरिद गर्नुको उद्देश्य नेपाल टेलिकमले प्रदान गरी रहेका जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन वायरलेस ब्रॉडब्यान्ड) आदि दुरसञ्चार सम्बन्धी सेवाहरुको बिलिङ प्रणालीलाई एउटै प्लेटफर्ममा एकिकृत गर्ने, रियल–टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना र अपडेट गर्ने उद्देश्य रहेको थियो ।

यसअघि विभिन्न प्लेटफर्मबाट विद्युतीय माध्यमवाट बिलिङ प्रणाली संचालन भई रहेको थियो । यसरी खरिद सम्बन्धी मूल सम्झौताको बुँदामा जारी भए पश्चात वार्षिक ममर्त सम्झौता सेवा ६ वर्ष सम्मलाई लिन सकिने र यसो ५ प्रतिशत प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नु पर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

उल्लिखित संझौताका शर्तहरु पहिले देखिनै संझौताकारी पक्ष सँग भए गरेको जानी जानी प्रतिवादीहरुले बदनियत राखि उक्त वार्षिक ५ प्रतिशत छुट सहितको एएमसी सेवाको प्रावधान प्रतिकूल हुने गरी आपूर्तिकर्ता एसियाइन्फोसँग अस्वाभाविक मूल्य कायम गरी गराई जम्मा अमेरिकी डलर २ करोड ५ लाख ६३ हजार रुपैयाँ रकममा एएमसी सेवा खरिद गर्ने गरी सम्झौता गरे गराएको अख्तियारको भनाइ छ ।

उक्त कार्य गर्दा गराउँदा नेपाल टेलिकमलाई भएको हानी नोक्सानी सहित अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित : २६ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह